Indrenionline.com

सहिद इच्छुक स्मृति दिवस भोली, कार्यक्रम गरेर सम्झदै

घोराही, १२ जेठ । सहिद कृष्णसेन इच्छुकको १७ औं स्मृति दिवस भव्य रुपमा मनाइने भएको छ । प्रेस संगठन नेपाल, नेपाल पत्रकार महासंघ र जनसांस्कृतिक महासंघ दाङको संयुक्त आयोजनामा जेठ १३ गते सोमबार (भोली) विभिन्न कार्यक्रम गरी मनाइने भएको हो ।

प्रेस संगठन नेपाल दाङले आज बिज्ञप्ती जारी गरी कृष्ण सेन इच्छुकको १७ औं स्मृति दिवस एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।

सगठनले इच्छुक स्मृति पत्रकारिता सम्मान तथा पुरस्कार २०७६ वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मालाई दिने यसअघि नै निर्णय गरिसकेको छ ।

उक्त सम्मान पुरस्कार वितरण तथा स्मृति सभामा उपस्थितिका लागि संगठनका सदस्यहरु, पत्रकार तथा शुभेच्छुक, साहित्यकारहरुलाई अनुरोध गरिएको छ । विहान ७ वजे पत्रकार महासंघको सभाहलमा हुने कार्यक्रमलाई सफल बनाउन संगठनले सवैमा आग्रह समेत गरेको छ ।

यसैगरी नेपाल पत्रकार महासंघले संघका सल्लाहकार केएल पीडितलाई इच्छुक स्मृति पत्रकारीता पुरस्कार र जनसाँस्कृतिक महासंघले कथाकार निर्मल आचार्य सौगातलाई इच्छुक साहित्यक पुरस्कार दिने निर्णय गरिसकेका छन् ।