Indrenionline.com

प्रहरीको समुदाय–साझेदारी कार्यक्रम

दाङ, १० जेठ । घोराही उपमहानगरपालिका ५ दलजितपुरको महेन्द्र आधारभूत विद्यालयमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम भएको छ । प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्त्र्गत यो कार्यक्रम सम्पन्न भएको हो ।

वडा अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायमा शान्ति सुरक्षाको वातावरण बनाउन सर्वसाधारण र प्रहरीबीच सहकार्य र साझेदारी अपरिहार्य भएको बताएका थिए ।

प्रहरीले थालनी गरेको लागुऔषध नियन्त्रणको अभियान सबैका लागि भएको भन्दै यसलाई जनस्तरबाट पनि सघाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रहरी निरीक्षक शिसिर शर्माले कार्यक्रमबारे जानकारी दिएका थिए ।