Indrenionline.com

गाँजा खेती नष्ट गर्दै दाङ प्रहरी

इन्द्रेणी संवाददाता
दाङ, १० जेठ । दाङ प्रहरीले लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले जिल्लामा गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लामा गाँजा खेतीको खोजी गरेर नष्ट गर्ने अभियान अघि वढाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही क्रममा घोराही उपमहानगरपालिका ५ धर्नामा त्यहाँका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको सहयोगमा गाँजा खेती नष्ट गरिएको छ ।