दाङ, ५ जेठ । घोराही उपमहानगरपालिका १ सिरुखर्क र तल्लोमाले गाउँका अग्निपिडित परिवारलाई सुग्रीव वलीले एक लाख रुपैया सहयोग गरेका छन् ।
आफू पनि छिमेकी गाउँको वासिन्दा भएको र स्थानीयको दुखमा सहयोगका लागि आफूले सहयोग गरेको उनको भनाइ छ ।
बैशाख २४ र २५ नजिकै वनमा लागेको डढेलो बस्तीमा सल्किदा ९ परिवारको २० भन्दा बढी घरगोठ जलेर नष्ट भएका थिए ।