सल्यान, २६ बैशाख । सल्यान कपुरकोटमा रहेको नारी विकास वचत तथा ऋण सहकारी संस्थाले कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको जनाएको छ ।
महिलाहरुले सञ्चालन गरेको र महिलाहरु मात्रै सदस्य रहेको यस सहकारीले महिलाहरुलाई कृषि मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले कृषि क्षेत्रमा लगानी गरिएको संस्थाका अध्यक्ष ललीता गिरीले बताइन् ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले कपुरकोट गाउँपालिका कृषिको राम्रो सम्भावना भएको क्षेत्र भएको अवगत गराउँदै सहकारी मार्फत कृषिको विकास गर्नुपर्ने बताए ।