Indrenionline.com

आगलागीले घर गोठ जले पशु चौपाया मरे

इन्द्रेणी संवाददाता
दाङ, २६ बैशाख । दाङमा आगलागीबाट ठूलो क्षति भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १ सिरुखर्क स्थित सल्लीकोट सामुदयिक वनमा लागेको आगोको झिल्काले नजिकै रहेका घर गोठमा आगो लाग्दा करीव ५० लाख ९० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सिरुखर्क बस्ने बर्ष ५६ को हेमलाल थापाको टिनले छाएको १ तले घर र फुसले छाएको १ गोठ जलेको छ भने मेघराज थापाको फुसले छाएको १ तले घर र फुसले छाएको १ गोठ पनि जलेर नष्ट भएको छ ।

त्यसैगरी शिवलाल थापाको फुसले छाएको १ तले घर र फुसले छाएको १ गोठ जलेको छ भने देवबहादुर थापा र प्रेम थापाको पनि घर गोठ जलेर नष्ट भएको छ ।

त्यसैगरी राजपुर गाउपालिका १ पटौली नाका बस्ने गगन बस्नेतको घर गोठमा सोलारको तार सट हुन गई आगलागी हँदा गोठमा रहेका ४ वटा बाख्रा जलेर मरेका छन् । घर र गोठ पुर्ण रुपमा नस्ट भएको र करीव २ लाख ५० हजार बराबरको क्षति भएको छ ।