Indrenionline.com

पत्रकार महासंघले पत्रकार भट्टराइको विषयमा यस्तो छानविन गर्यो

दाङ, २३ बैशाख । आर्थिक मामिलामा मुछिएका पत्रकार निशानदाजु भट्टराइको नाममा परेको उजुरीमा नेपाल पत्रकार महासंघ दाङले छानविन गरेको छ ।

१— यस शाखाका साधारण सदस्य निशानदाजु भट्टराई उपर परेको उजुरी माथि छानविन समितिले प्रस्तुत गरेको अध्ययन प्रतिवेदन बारे गम्भिर छलफल हुँदा निजले पत्रकारिताको आडमा पैसाको बार्गेनिङ्ग गरेको र कुनै आर्थिक लाभ लिएको ठोस तथ्यहरु स्थापित नभएको भन्ने छानविन समितिको प्रतिवेदनको आधारमा निजलाई त्यो आरोपबाट सफाइ दिइएको छ । तर पत्रकारिताको सिद्धान्त, धर्म, र आचारसंहिताको गम्भिर उल्लंघन गरेको प्रतिवेदनको निष्कर्ष र सुझाव अनुसार निजलाई २ महिना साधारणसदस्यबाट निलम्बन गर्नका लागि केन्द्रिय समिति समक्ष सिफारिश गर्ने निर्णय गरियो । आफुबाट भए गरेका गल्ती कमजोरी सच्याउने आत्मालोचना सहित लिखित प्रतिबद्धता व्यक्त गरी सोही अनुसार व्यवहार प्रस्तुत गरेमा साबिक कारबाही बारे पुर्नविचार गर्न सकिने निर्णय गरियो ।

२— नयाँ वर्ष २०७६ का उपलक्ष्यमा गढवा गाउँपालिका संगको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ३ को जंगलकुट्टीमा यही बैशाख २८ गते शुभकामना आदानप्रदान तथा ‘‘ गढवा गाउँपालिकाको पर्यटन प्रवद्र्धन एवं विकासमा सञ्चारको भुमिका ’’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरियो यसका लागि अध्यक्ष सबिन प्रियासनको संयोजकत्वमा उपाध्यक्ष लीला शाह, सचिव भुपेन्द्र वली, कोषाध्यक्ष आर।के शितल एवं सदस्य देव यादव लाई जिम्मेवारी दिने निर्णय गरियो । यस्तै कार्यक्रमको स्थानीय व्यवस्थापनका लागि प्रदेश सभासद महेश रिजाल, शिवराज पन्थी र पत्रकार दुुःखहरण यादवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।

३— बैशाख २८ गते आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाको स्मारिका ‘‘ चौथो अङ्ग’’ प्रकाशन गरि वितरण समेत गर्ने निर्णय गरियो ।

३— सर्वोदय पुस्तकालयले आफ्नो घर निर्माणको क्रम जारी रहेको र सो समयसम्म नेपाल पत्रकार महासंघ दाङ शाखाको सुचना केन्द्रका लागि बनेको भवनमा पुस्तकालय सञ्चालनमा ल्याउन गरेको अनुरोध बमोजिम सुचना केन्द्रको भवन उपलब्ध गराउने निर्णय गरियो ।