दाङ, २० । दाङमा जारी ट्राफिक सप्ताह अन्तरगत छैठौ दिन नारायणपुरमा सचेतना कार्यक्रम भएको छ । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा जारी सप्ताहको छैठौँ दिन घोराही उपमहानगरपालिका वडा नम्बर १० मा ट्राफिक सचेतना कार्यक्रम भएको हो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष मानबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामीछाने, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण)ले मन्तव्य राख्नुभएको थियो । ईलाका प्रहरी कार्यालय नारायणपुरका ईञ्चार्ज प्रहरी नायव निरिक्षक भिमबहादुर सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ट्राफक सप्ताहबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरले जानकारी गराएका थिए ।