Indrenionline.com

श्रमिक दिवसको अवसरमा मैत्रीपुर्ण फुटवल

घोराही १८ बैशाख । १३० औं अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको छ । थारु पत्रकार संघ दाङ र थारु कलाकार मञ्चको संयुक्त आयोजनामा आज बुधवार घोराही १७ को ढिकपुरमा फुटबल प्रतियोगिता भएको हो ।

प्रतियोगिताको उद्घाटन थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले बल सुट हानेर उद्घाटन गर्नुभएको थियो । फुटबल खेलमा थारु कलाकार मञ्चले थारु पत्रकारलाई १ का विरुद्ध ३ गोलले विजयी भएको थियो ।

थारु पत्रकारको तर्फवाट प्रकाश चौधरी, लक्ष्मीमान चौधरी, शुशिल चौधरी, शालिक चौधरी, नगेन्द्र चौधरी, सवि थारु, आरएम कुशुम्या, कृष्ण चौधरी, जित बहादुर चौधरी, नविन चौधरी, उद्धिराम चौधरी, शुसल चौधरी लगायतको सहभागिता थियो भने कलाकारको तर्फवाट रोशन रत्गैया, शालिकराम चौधरी, रवि चौधरी, श्रीनारायण चौधरी लगायतको सहभागिता थियो ।