दाङ, १८ बैशाख । अर्घाखाँचीको सितगंगा नगरपालिका ७ देउराली मन्दिर नजिकै भएको सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेकपाका नेता तुलसीपुर १५ निवासी लक्ष्मण शर्मा र मनोहर बुढाथोकी रहेका छन् ।
शर्माको करङ्गमा चोट लागेको र बुढाथोकीको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।
पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रक र दाङबाट बुटवल जाँदै गरेको नेताहरु सवार बा १९ प १३३ नम्बरको जीप ठोकिएको हो । उक्त जिपमानेकपा प्रदेश नं। ५ का सदस्य शिवकुमार आचार्य, शिवानन्द डाँगी पनि सवार रहेको प्रहरीले जनाएको छ ।