तुलसीपुर, १३ वैशाख । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले नयाँ शैक्षिक सत्रका लागि १३ वटा विद्यालयलाई कक्षा थपको स्वीकृत दिने प्रस्ताव गरेको छ ।
शिक्षा प्रमुख गौतमका अनुसार कक्षा थपका लागि प्रस्ताव गरिएका विद्यालयहरु मध्ये ३ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । “धेरै विद्यालयहरुको अवस्था निकै नाजुक भएकाले स्वीकृती प्रदान गर्न सकिएन ” शिक्षा समिति संयोजक देवराज विकले जानकारी गराए । शिक्षा समितिको प्रस्ताव कार्यपालिकाले स्वीकृत गरेपछि कार्यान्वयनमा जानेछ ।