तुलसीपुर, १९ चैत । दाङमा ६२ औँ सहकारी दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता भएको छ । सहकारी दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तगर्त आज घोराहीमा हाजिरी जवाफ प्रतियोगिता गरिएको हो ।
राष्ट्रिय सहकारी बैंक दाङको आयोजनामा आज घोराहीमा भएको हाजिरी जवाफ प्रतियोगितामा जिल्लाका १६ सहकारीले सहभागीता जनाएका थिए । जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षता तथा अर्थ विकास समितिका संयोजक एवं घोराहीउपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कृषि सहकारी संघ दाङका अध्यक्ष पद्मा आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिमल अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्णप्रसाद गौतम, घोराही उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रेम केसी लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सहजीकरण राष्ट्रिय सहकारी बैकका म्यानेजर नारायण बेल्बासेले गरेका थिए ।
यसैबिच दाङका दश वटै स्थानिय तहमा भोलि ६२ औँ सहकारी दिवस मनाउन लागिएको छ । यस्तै भोली तुलसीपुरमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीले जानकारी दिए ।