Indrenionline.com

राष्ट्रिय अधिवेशनका लागि प्रलेस दाङद्वारा प्रतिनिधि छनोट

दाङ, १८ चैत । प्रगतिशील लेखक संघ नेपालको ११ औं राष्ट्रिय अधिवेशनका लागि दाङबाट प्रतिनिधि छनोट गरिएको छ । प्रलेस दाङ शाखाका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता तथा प्रलेसका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा बसेको बैठकले प्रतिनिधि छनौट गरेको हो ।

आगामी चैत २२ र २३ गते काठमाडौंमा हुने अधिवेशनका लागि दाङबाट सातजना प्रतिनिधि छनोट गरिएको छ । जसमा साहित्यकारहरु भुवन देवकोटा, शरद अधिकारी, शालिकराम रजौरे, श्याम चिस, दुर्गालाल केसी र संगीत बस्याललाई प्रतिनिधिका रुपमा छनौट गरिएको छ ।

बैठकमा केन्द्रीय उपाध्यक्ष शर्माले प्रलेशसको ११ औं अधिवेशनको तयारीका बारेमा जानकारी गराएका थिए । उनले नेपालका ५५ भन्दा धेरै जिल्लाबाट प्रतिनिधिहरुले अधिवेशनमा सहभागिता जनाउने र नेपालका सात प्रदेशमध्य प्रदेश नं. ५ का सवै जिल्लामा प्रलेसका कमिटीहरु कृयाशिल रहेको जानकारी दिए ।

बैठकमा प्रलेस प्रदेश नंं ५ का अध्यक्ष केशव थापा, सल्लाहकारहरु गिरीराज शर्मा, पुरुषोत्तम खनाल, शरद अधिकारीले बोलेका थिए । बैठकले प्रलेशको केन्द्रीय अधिवेशन सफल पार्नका लागि सक्रियताका साथ लाग्ने निर्णय गरेको सचिव छविलाल कोपिलाले जानकारी दिए ।