तुलसीपुर, १७ चैत । तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको वैठकले नगर भित्रका २३ वटा सामुदायिक विद्यालयहरु मर्जको प्रस्ताव पारित गरेको छ ।
उनले विद्यालय मर्ज भएपनि शिशु कक्षा यथावत रहने वताउँदै क्रमशः विद्यार्थी संख्या वढ्दै गए विद्यालय सञ्चालन गरिने वताए । नगर कार्यपालिकाको वैठकले चैत्र २० गतेभित्र योजना शिर्षकान्तर गर्ने योजनाको संशोधन प्रस्ताव पेश गर्नुपर्ने निर्णय गरेको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले वताए । उनले उपमहानगरपालिकाले सञ्चालन गर्न थालेको मेट्रो कलेजको भवन निर्माणको काम अगाडि वढाउने प्रस्ताव समेत गरेको जानकारी दिए ।
यसैगरी हिउँदे अधिवेशन चैत्र २७ गतेभित्र सम्पन्न गर्ने निर्णय समेत गरिएको छ । गत आर्थिक वर्षमा वितरण गरिएको टिनको छाना वितरण कार्यक्रमको समिक्षाका साथै नयाँ आर्थिक वर्षका लागि टिन वितरणको काम अगाडि वढाउने समेत निर्णय गरेको छ ।
यसैगरी यस आर्थिक वर्षमा भएका विभिन्न कृषि अनुदान रकमको अनुगमनका लागि नगर प्रवक्ता सुर्यवहादुर डाँगीको अध्यक्षतामा अनुगमन समिति समेत निर्माण गरिएको छ । जसको सदस्यमा वडाध्यक्ष राजु आचार्य र माधव वली रहेका छन् ।