Indrenionline.com

एक करोड ६९ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, १५ चैत । दाङमा प्रहरीले एक जनालाई करीव एक करोड ६९ लाख बराबर रकम ठगी गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ उरहरी घर भएका महेश भनेर चिनिने भुवन घिताल रहेका छन् ।

उनलाई चैत १३ गते बाँके र दाङको सीमाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज शुक्रवार प्रहरीले जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलनको आयोजना उनलाई सार्वजनिक गरेको छ ।

निज धितालले महिलाहरुलाई समूह बनाउदै पैसा वढी व्याजमा लगाइदिने र ढुकुटी समेत खेलाउने भन्दै ठगी गरेको दाङका प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेले बताए । साथै उनले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारेर यौन शोषण समेत गर्ने गरेको पीडित महिलाहरुले बताएको प्रहरीले बताएको छ । उनका नाममा ५ जना पीडितको सामुहिक उजुरी समेत परेको छ ।

पीडित महिला

पक्राउपछि उनको घर खानतलास गर्दा ८२ थान विभिन्न बैंकका चेक, २४ थान खाली चेक, ३२ वटा तमसुक, १ करोड २४लाख बराबरको ढुकुटी खेलाएको रजिष्टर ४ वटा बरामद गरिएको छ ।

त्यसैगरी खाली समसुक ४ वटा, जलजला खबर डट्कम अनलाइनको पत्रकार परिचय पत्र १ थान, मोवाईल २ थान, नगद १८ हजार ५ सय, सुनको औठी २ वटा, व्रासलेट १ वटा बरामद गरिएको छ । त्यस्तै वा १५ च ७६६८ नंम्बरको सेतो ँयचम गाडी, र भे ८ प ३९५५ नंम्बरको ज्यलमब स्कुटी, घडी १ थान पनि बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । निजलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।