तुलसीपुर, १५ चैत । दाङको तुलसीपुर काठमाडौ हवाई उडान दैनिक र्दुइ पटक हुने भएको छ । यात्रुको चापका कारण नेपाल एयरलाइन्सको विमानले दैनिक २ वटा उडान भर्ने कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले बताए ।
विमान सेवा दैनिक दुइपटक सञ्चालन हुने कुराले यहाँका सर्वसाधारण खुसी भएका छन् । “एकैदिनमा काठमाडौको काम सकेर दाङ आउने पाइने भइयो” तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले वताए ।
उनले व्यापारीहरुलाई यसले निकै फाइदा पुग्ने वताए । राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले दैनिक दुइपटक हवाइ सेवा सञ्चालन हुने कुराले उत्साहित वनाएको वताए ।
उनले आपतकालिन अवस्थामा जिल्ला वाहिरको हवाइ मार्ग प्रयोग गर्नुपर्ने वाध्यताको अन्त्य भएको वताए । तुलसीपुर चेम्वर्स अफ कमर्सका अध्यक्ष टोपवहादुर घर्तिले व्यवसायीहरुलाई दैनिक दुइपटक हवाइ सेवा सञ्चालन हुँदा निकै राहत महसुस भएको वताए ।
वन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनसँगै यात्रु प्रतिक्षालय टर्मिनल भवन निर्माण अन्तिम चरणमा रहेको छ । नगरप्रमुख पाण्डेले इन्धन डिपो स्थापनाका लागि पहल भइरहेको समेत वताए । उनले अन्य निजी विमान कम्पनीले समेत उडानका लागि प्रस्ताव गरेको वताए ।