शंकर के सी
सल्यान, १३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले कपुरकोट गाउँपालिकामा दोश्रो गाउँ अधिवेशन समपन्न गरेको छ । अधिवेशनबाट मेघराज बुढाथोकीलाई अध्यक्ष, देवबहादुर रोकालाई उपाध्यक्ष र सुन्दर डिसीलाई सचिवमा चयन गरेको छ ।
भिमबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सहायक महामन्त्री राजेन्द्रविर रायले राप्रपालाई जनताको बलियो पार्टी बनाउने दावी गरे ।
यसैवीच आगलागि पिडितलाई सहायक महामन्त्री राजेन्द्रविर रायले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । घरमा आगलागी भएर पीडित बनेका कपुरकोट ६ सिनवाङका बेदबहादुर खड्कालाई रायले १५ हजार रुपैयाँ राहात स्वरुप सहयोग गरेका हुन् ।