काठमाडौं, ५ चैत। सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधि प्रतिबन्ध लगाएसँगै सुरक्षा संयन्त्र कडा रूपमा प्रस्तुत भएको छ ।
चन्दा आतंक, बम विस्फोटका घटनामा संलग्न भएको भन्दै गएको बैशाखदेखि चैत ४ गतेसम्मको अवधिमा ४ सय २८ जना नेता कार्यकर्ता पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धपछि प्रहरीले मोहन कार्की,पोलिटब्युरो सदस्य, राजु कार्की, किसान महासंघका अध्यक्ष, सूर्य भुजेल, विप्लवका पूर्वअंगरक्षक, जयराम दंगाल नेता, केदार खतिवडा नेता, अर्जुन केसी, अर्जुन गोतामे, रविन केसी, वीरेन्द्र नेपाली, विपीन लामा, नविन विष्ट, विमला भण्डारी, गौरी धामी, रुकमिणी पुडासैनी ,उषा भुजेल, रामकुमार अधिकारी र ज्ञानेन्द्र बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
रातो घर प्रहरीको कब्जामा
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पाटी विप्लव समूहले कब्जा गरेर प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुटवल–पाल्पारोड स्थित् ‘रातो घर भनेर चिनिएको राष्ट्रिय वाणिज्य बैंकको भवन लामो समयदेखि विप्लव समूहले कब्जामा लिएर प्रयोग गर्दै आएको थियो ।
