तुलसीपुर, ३ चैत । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले सभामुख कृष्णवहादुर महरालाई तुलसीपुर क्षेत्रका केन्द्रीय योजनाहरु बुझाएका छन् । नगरप्रमुख पाण्डेले आगामी आर्थिक वर्षको वजेटमा योजनाहरु समावेश गर्नका लागि आग्रह स्वरुप योजनाहरु पेश गरेका हुन् ।
“दाङलाई राजमार्गले छोए रोल्पामा नयाँ राजमार्गको विकल्प निकाल्ने र रोल्पामा नयाँ राजमार्गले छोए दाङमा नयाँ राजमार्गको विकल्प निकालिने छ ” महराले भने । उनले विमानस्थलको धावनमार्ग विस्तारका साथै इन्धन डिपोका लागि समेत पहल गर्ने वताए । “सामान्य कारणले इन्धन डिपो आउन सकेको छैन तत्काल त्यसको स्थापना हुनेछ ” महराले आस्वस्त पारे ।