Indrenionline.com

कपुरकोटमा ४५ दिने प्लम्बिङ तालिम शुरु

सल्यान, ३ चैत । सल्यान कपुरकोटमा प्लम्बिङ तालिम शुरु भएको छ । ४५ दिनसम्म चल्ने तालिमले ग्रामीण खानेपानीका योजनामा फाइदा पुर्याउने अपेक्षा लिइएको छ ।

कपुरकोट गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिती सल्यानको सहकार्यमा सञ्चालन गरिएको तालिमममा जिआई तथा एचडीपी पाइपको प्रयोग तथा जडानका साथै विभिन्न महत्वपूर्ण सिपहरु सिकाइने खानेपानी प्राविधिक तिलक चौलागाइले जनाएका छन् ।

तालिम उद्घाटन कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेन, कार्यपालिका सदस्य ठक बहादुर विक, स्टोर शाखा प्रमुख देवेन्द्र कुमार सेन, सूचना प्रविधि अधिकृत बुद्धिराज पौडेल, इन्जीनियर भुपेन्द्र यरी लगाएतले बोल्दै तालिमका उपलब्धीलाइ ब्यवहारमा उतार्न आग्रह गरेका थिए । उनीहरुले तालिमबाट उत्पादित जनशक्तिले यस क्षेत्रको खानेपानी सुसञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।