इन्द्रेणी संवाददाता
दाङ, १ चैत । द–लोटर्स ट्रेनिङ सेन्टर घोराही दाङले भारतीय, ब्रिटिस सेना, सिंगापुर प्रहरीमा भर्ती भएका प्रशिक्षार्थीहरुलाई विदाइ गरेको छ । आज शुक्रवार एक कार्यक्रमको आयोजना गरी सो ट्रेनिङ सेन्टरमा अध्ययन गरी माथिका देशहरुमा सेवामा भर्ती भएकाहरुलाई विदाइ गरेको हो ।
कार्यक्रममा विशिष्ट अतिथि सेन्टरका सल्लाहकार विपेन्द्र रोकाले द–लोटर्स तालिम केन्द्रले धेरैको सपना पुरा र भविष्य उज्यालो बनाइरहेको बताएका थिए ।
कार्यक्रममा किशोरचन्द गौतम र सेन्टरका प्रशिक्षक विशाल रोकालगायतले आफ्ना विचार राखेका थिए । कार्यक्रममा ब्रिटिस आर्मीका भर्ती भएका ८ जना , सिंगापुर पोलिस २ रफ्रेन्च लिजेन्ट आर्मी १ र भारतीय आर्मीमा भर्ती, भएका ५४ जनालाई बिदाइ गरिएको थियो ।