इन्द्रेणी संवाददाता
दाङ, २७ फागुन । राप्रपाका अध्यक्ष कमल थापाले सरकारले सिके राउतसँग गरेको सम्झौता रहस्यमय भएको बताएका छन् । उनले यो रहस्यमय र भ्रमपूर्ण सम्झौताले देशलाई विखण्डनतर्फ लैजाने बताए ।
सम्झौता भएको केही समय नवित्तदै उनका कार्यकर्ताले तराइलाई अलग गर्ने प्रकारका गतिविधि देखाउनु र राउतले नै तराइलाई अलग गर्नका लागि जनमत संग्रहको एजेण्डाबाट आफू पछि नहटेको बताएकोले यो सम्झौताले मुलुकलाई झन जटिलतातर्फ लैजाने थापाको भनाइ थियो ।