Indrenionline.com

हाउस वाईरिङ तालिम शुरु

दाङ,२६ फागुन । घोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा आइतवारदेखि हाउस वाईरिङ तालिम शुरु भएको छ ।
वडाभित्र रहेका बिपन्न युवालाई सिप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

वडाको चालु आर्थिक बर्ष २०७५÷०७६ मा बिनियोजित कार्यक्रम अन्तरगत १५ जना युवालाई हाउस वाईरिङ सम्वन्धि तालिम दिन थालिएको हो ।

यसैविच तालिमको आज एक कार्यक्रमका विच वडा अध्यक्ष खोपीराम चौधरीले उद्घाटन गर्नुभएको छ । दुई महिना सम्म चल्ने तालिममा हाउस वाइरिङका लागी आवश्यक सैदान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने वडा सचिव चन्द्रबहादुर केसीले जानकारी दिए ।