तुलसीपुर, २३ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ निवासी हरिवहादुर वस्नेत वडाबाटै घरजग्गाको घर तिर्न पाउँदा निकै खुसी छन् । सामान्य कामका लागि पनि वजार नै जानुपर्ने उनको वाध्यता अहिले अन्त्य भएको छ । ‘यसो फुर्सदको समयमा आएर समयमै कर तिर्न पाइएको छ ’ वस्नेतले वताए । उपमहानगरपालिकाको कार्यालयमै कर तिर्न जाँदा निकै सास्ति खेप्नुपरेको वताउँदै वस्नेतल गाउँमा सिंहदरवार आएको महसुस भएको वताए ।
तुलसीपुर उपमहानगरपालिकाले जनतालाई वडाबाटै सवै सुविधा दिनका लागि गत आर्थिक वर्षबाट घटना दर्ता र कर असुलीलाई अनलाईन प्रणालीमा राखेको थियो । ‘अहिले कर सम्वन्धि सबै काम वडाबाटै हुन्छ’ वित्तिय अधिकृत ललित घर्तिले जानकारी दिए । उनले वडाबाट कर असुल्न सुरु गरेपछि अहिले समयमै कर तिर्ने वानीको विकास हुँदै गएको समेत वताए ।
उपमहानगरपालिकाले १९ वटै वडामा इन्टरनेटको सञ्जाल विस्तार गरेर वडाबाटै जनतालाई छिटो छरितो सेवा दिने प्रक्रियाको सुरुवात गरेको हो । वडाबाटै कर उठाउने र घटना दर्ताको काम सुरु भएपछि अहिले उपमहानगरपालिकामा सेवाग्राहीको चाप कम भएको प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले वताए ।
उनले फुटकर योजनाको स्टिमेट पास समेत वडाबाटै गर्न सकिने गरी उपमहानगरपालिकाले काम अगाडि वढाएको जानकारी दिए । ‘अहिले कर्मचारीको अभाव भएकाले समस्या छ हामीले कर्मचारीको व्यवस्थापन गरे लगत्तै त्यसलाई पनि वडामै अधिकार प्रत्यायोजन गर्नेछौ ’ प्रमुख प्रशासकीय अधिकृत सारुले वताए ।