Indrenionline.com

दाङमा खाद्य तथा गुण नियन्त्रण कार्यालय स्थापना

इन्द्रेणी संवाददाता
फागुन २३, दाङ । दाङमा खाद्य तथा गुण नियन्त्रण कार्यालय स्थापना गरिएको छ । विहीबार एक कार्यक्रमकाबीच दाङको तुलसीपुरस्थित रजौरामा कार्यालय स्थापना गरिएको हो ।

बजार अनुगमन र निरीक्षणलाई पूभावकारी बनाउनका लागि कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख तथा खाध अनुसन्धान अधिकृत बिबेक बञ्जाराले जानकारी दिए । अहिलेसम्म नेपालगञ्जबाटै बजार अनुगमन तथा निरीक्षण हुने गरेकोमा अब दाङकै कार्यालयबाट नियमित बजार अनुगमन गर्ने छ ।

अनुगमनका क्रममा बजारमा अखाद्य वस्तु विक्री वितरण गरिएको पाइएमा ऐन अनुसार त्यस्ता व्यवसायीलाई मुद्दा समेत कार्यालय चलाउन सक्नेछ ।

कार्यालय उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गरेका थिए ।