धनिराम शर्मा
दाङको घोराही नगरपालिका ७ मा पर्ने बाह्रकुुने दह एक धार्मिक पर्यटकीय गन्तव्य हो, आज भन्दा सयौ वर्षदेखि बाह्रकुुने दहका बराह देउताको पूूजा गरिदै आएको छ । दहको छेउमा पाँच देवी देवताका मन्दिरहरु छन् । मन्दिरमा वर्षेनी पुुुजा पाठ गरिने भएपनि विशेष पौषको अन्तिम सातादेखि माघको पहिलो हप्तासम्म ठूूलो मेला लाग्ने गर्दछ यहाँ । बराह देउता खुुशी भए मनोकाक्षाँ पुुरा हुुने धार्मिक विश्वास छ । एक विगाह क्षेत्रफल भएको दह १५ फूुट गहिरो छ । दहको मनोरम दृष्य अनि डुुँगा विहार र बराह देउताको पूूजापाठसंगै विशेष खालका वन भोज कार्यक्रम यहाँ हुुने गर्दछन्।
धार्मिक तथा पर्यापर्यटकीय कोणबाट मध्यपश्चिमकै एक गन्तव्य बाह्रकुुने दह आन्तरिक व्यवस्थापन र जिम्मेवारहरुको कम ध्यान पुुग्दा पर्यटन प्रवद्र्धनमा समस्या देखिन्छ। यसबाट दह संकटमा पर्ने र धार्मिक आस्थाका धरोहरहरु मर्मतको अभावमा भत्किदै जाने पक्का छ ।
वर्षमा बाह्रकुुने दहको अवलोकन गर्न भारतीय र आन्तरिक गरी ४ लाख बढी आउने गर्दछन् यसका साथै तेश्रो मुुलुुकबाट पनि एक दर्जन बढीले बाह्रकुुनेको अवलोकन गरेको तथ्याँक छ । यद्यपी पर्यटन आगमनमा बाह्रकुुनेको राम्रै देखिएपनि व्यवस्थापन राम्रो हुुन नसक्ता दह झ्याउ झारले पुुरिदै छ भने मन्दिर लगायतका पूूर्वाधार मर्मत हुुन सकेका छैेनन् । व्यवस्थापन समितिले खासै ध्यान दिन नसक्ता दह र मन्दिर जिर्ण बन्दै गएको स्थानीय धनबहादुुर घर्तीले बताए । पर्यटकहरु आएपनि दहका सफाई र मन्दिरलाई मर्मत संभार गर्न नसकिएको उनले बताए । वर्षमा दश लाख बढी आम्दानी हुुन्छ, तर आम्दानीको सही उपयोग र व्यवस्थापन गर्न समिति सक्रि नभएको उनले जिकिर गरे । चारैतिर हरियो जंगलले ढाकेको बाह्रकुुने दह क्षेत्र निकै आकर्षक छ, हरिया वन क्षेत्रको विचमा दह अनि साम्मुुनेमा बराहको मन्दिर छ । दहमा हिउँदमा डूूँगा विहार हुुन्छ, चारैतिरको मनोरम प्राकृतिक सुुन्दरतमा रम्दै पर्यटकले बराह देउतासंग आशिरवाद लिन मात्र होइन आनन्दको महशुुस गर्न पाँउछन । धार्मिक प्राकृतिक सुुन्दरताको छटाभित्र बाह्रकुुनेमा पवित्र जलको छाल उठिरहन्छ जुुन पर्यटकलाई लोभ्याउने गर्दछ । तर पछिल्लो चरणमा जिम्मेवारहरुको ढीलासुुस्ती र कम ध्यान पुुग्दा बाह्रकुुने ओभलेमा परेको महशुुस हुुन्छ । पूूर्वाधारहरुको मर्मत संभार हुुन सकेको छैन ।
घर्तीमगर मात्र पुुजारी हुुन पाउने बाह्रकुुने दहमा वर्षमा एक पटक मेला लाग्छ, मेलामा ४ हजार बढी भेडा बोकाको बलि दिइन्छ, त्यसबापत शुुल्क लिइन्छ, भने दहको कम्पाउण्ड क्षेत्रबाट वन पैदावर विक्रीबाट पनि आम्दानी हुुने गर्दछ । तर आन्तरिक व्यवस्थापन हुुन नसकेको दह मन्दिर व्यवस्थापनका जिम्मेवारहरु नै स्विकार्छन । सरकारी तहबाट सहयोग भएपनि श्रोतको सदुुपयोग हुुन नसक्ता समस्या आएको बाह्रकुुने दह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टेमन बुुढामगर यस्तो बताउछन् । यसका लागि स्थानीयहरुको पनि जिम्मेवारी भएको उनले बताए ।