Indrenionline.com

प्राइम लाइफद्वारा बिमा रकम हस्तान्तरण

इन्द्रेणी संवाददाता

दाङमा रहेको जीवन बिमा कम्पनी प्राइम लाइफले  सडक दुर्घटनामा परि मृत्यु भएका शहीद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयका प्रशिक्षक नरेश ओलीको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ ।

गत पुस ७  गते शिक्षालयबाट प्राक्टिकल कक्षाका लागि सल्यानको कपुरकोट गएर फर्कने क्रममा दाङको राम्री भन्ने स्थानमा गाडी दुर्घटना परि उनि लगाएत गाडीमा सवार २३ जनाको मृत्यु भएको थियो ।

गत असारमा ५ लाखको बिमा गरेर पहिलो किस्ता स्वरूप  २४ हजार रुपैया  तिरेर बिमा गरेका नरेशले अर्को किस्ता नै तिर्न नपाएर उनको दुखत निधन भएको थियो  ।  बिमा गरेको ६ महिना नपुग्दै  उनको मृत्यु भएपछी जीवन बिमा कम्पनी प्राइम लाइभले  उनकी जीवन संघिनीलाई र १०  लाख २३ हजार ५ सय रुपैया हस्तान्तरण गरेको  । रकम हस्तान्तरण कार्यक्रममा  जीवन बिमा कम्पनीका प्रमुख बजार प्रबन्धक नबिन थापा , पाँच नम्बर प्रदेश प्रमुख शिव पौडेल र घोराही  शाखा प्रबन्धक बिमल खड्काको उपस्थिति रहेको थियो ।