धनिराम शर्मा (ऋतुविचार) को स्थलगत रिपोर्ट
तस्वीर :- दीपक रेग्मी शर्मा
पयार्, जल, कृषि र सांस्कृतिक पर्यटनको गन्तव्य बर्दिया आदिम थारु समुदायको बहुल क्षेत्र हो, राष्ट्रिय निकुन्ज समेत रहेको बर्दिया कृष्णसार जस्तो दुर्लभ वन्यजन्तु पाइने क्षेत्र पनि हो । समथर भूभाग विशाल वन जंगल अनि कृषिका उर्वर क्षेत्रको अन्नभण्डार बर्दिया पर्यटनका चार आयामले समृद्ध छ । नयाँ मुलुकले पनि चिनिने बर्दिया पश्चिम तराईका अन्य जिल्ला भन्दा कृषी पर्यटन र जलधारले निकै सपन्न छ । प्रस्तावित ५ नम्बर प्रदेशको पश्चिम दक्षिणमा पर्ने बर्दिया विशेष गरि राष्टिय निकुन्जससहित दुर्लभ कृष्णारको बासस्थानको कारण निकै आकर्षक छ । गुलरिया नगरपालिका वडा नम्बर २ मा सरकारले कृष्णसार संरक्षित क्षेत्र बनाएको छ, गुलरिया बजारदेखि ५ किलोमिटर पश्चिमतर्फ संरक्षित क्षेत्र पर्दछ ।
पर्या पर्यटनको उचित गन्तव्य बर्दिया राष्ट्रिय निकुन्ज वन्यजन्तु हात्ति, बाघ, एकसिंगे गैडा ४ सय ३८ प्रजातिका चराचुरुङ्गीहरुको अवलोकन मुख्य आकर्षण हुन्, २६ प्रजातिका घस्रिने जीवहरु र १ सय २१ प्रकारका माछा प्रजाति पाइन्छन् । बर्दिया राष्ट्रिय निकुन्जमा पुग्ने पर्यटकले हात्ती सफारी, जीप सफारी, पैदल जंगल अन्वेषण, नौका सयर(¥याफ्टिीङ) चुरे पर्वत यात्रा, बबइ र कर्णालीमा फिसिङ, क्याम्पिङ, थारु गाँउ यात्रा, चराअवलोकन। इत्यादी गर्ने छन् । बर्दिया राष्टिय निकुन्ज ९ सय ६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, सरकारले सन १९८८ संरक्षणका लागि बर्दिया राष्टिय निकुन्ज बनाएको हो । निकुन्जमा बंगाली बाघ जंगली हात्ती, डल्फीन, गोही, जरायो, बाह्रसिगा, २ सय पचास प्रजातिका चराचुरुङ्गीको बसोबास हुने गर्दछ । पर्या पर्यटना रमाउन चाहाने पर्यटकका लागि निकुन्ज निकै लोभलाग्दो छ ।सदरमुकाम देखि पश्चिम सानो श्री ताराताल नगरपालिका, ढोढरी गाविस,ववइ नगरपालिका र हाइवेबाट आम्वासाबाट दक्षिण पश्चिम तिर ठाकुरद्धारा गाविसमा पर्दछ । त्यहाँ पुग्न सदरमुकाम देखि करिब ५५ किलोमिटरको सडक दुरी पार गर्नुपर्दछ ।
(बर्दियाका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ः– कृष्णसार सरक्षित क्षेत्र ,बर्दिया राष्ट्रिय निकुञ्ज, कोठियाघाट गेरुवा पुल नेपालको सवैभन्दा लामो पुल डेढ किलोमिटर,डल्ला गाउ होम स्टे सुर्यपटुवा गाविसमा पर्ने, ववइ नदिको पुल जसलाइ ववइ भ्याली पनि भन्ने गरिन्छ,यहाँ घडियाल गोहि अवलोकन गर्न पाइन्छ । राजापुर कृषी पर्यटन क्षेत्र, जो देशकै अनौठो छ, कृषी उर्वरमा निकै अब्ब्लमा पर्दछ, कर्णालीको भंगालोले घेरिएको मनोरम क्षेत्र । बढैया ताल माछाको पकेट क्षेत्र तथा बर्दियाको सवै भन्दा ठुलो ताल र कर्णाली पुल एउटा पिल्लर द्धारा निर्माण गरिएकाले बर्दिया पर्यटकीय सम्पदाले वैभव छ । )
नेपालगंजबाट ३५ किलोमिटर सडक दुरी पार गरे सदरमुकाम गुलरिया पुग्न सकिन्छ, स्तरउन्नती गरिएको सिंगल सडकले नेपालगंज र बर्दियालाई जोडिएपनि अधिकांश सडक संजाल कच्ची नै छन् , पूर्वपश्चिम राजमार्ग बाहेक अन्य सडक स्तरउन्नती हुन सकेका छैनन् । बर्दियाको पर्यटन प्रवद्र्धनका लागि केही पहल भएपनि पर्याप्त नभएको स्थानीयहरु बताँउछन् । थरुबहुल क्षेत्र बर्दियामा सवा ४ लाख मानिसहरुको बसोबास रहेकोछ, समुद्र सतहदेखि २ सय १८ मीटर अग्लो भूभाग बर्दिया विशाल मैदानी कृषि क्षेत्र हो । चुरे पहाडको फेँदीमा अवस्थित बर्दिया कृषी भण्डार मात्र नभएर थारु संस्कृतिको पनि भण्डार हो ।