सल्यान, ७ फागुन । नेपाल राष्ट्रिय शिक्षक सगठनले सल्यान कपुरकोटका ६ वटै वडामा कमिटी गठन गरेको छ ।
वडा नम्बर १ मा अम बहादुर विक अध्यक्ष रहेको १३ सदस्यीय कमिटी, वडा नम्बर २ मा ऋषिकेश पौडेल अध्यक्ष रहेको १० सदस्यीय कमिटी र वडा नम्बर ३ मा देवराज अधिकारि रहेको ७ सदस्यीय कमीटी गठन गरिएको सगठनका सचिव हुकुम ओलीले जनाएका छन् ।
यस्तै वडा नम्बर ४ मा हस्त बहादुर बुढा अध्यक्ष रहेको ५ सदस्यीय कमिटी, ५ नम्बर वडामा दयाराम बुढा अध्यक्ष रहेको ९ सदस्यीय कमिटी र ६ नम्बर वडामा दोर्ण बहादुर शाहु अध्यक्ष रहेको १० सदस्यीय नेपाल राष्ट्रिय शिक्षक सगठनको कमिटी निर्माण गरिएको ओलीले जनाए ।
निर्माण भएका कमिटीको नियमित बैठक बस्ने, सगठनलाइ क्रियाशिल बनाउने र शैक्षिक सुधार तथा शिक्षकहरुको हकहितमा काम गर्ने निर्णय भएको गाउापालिका स्तरिय कमिटीका कोषाध्यक्ष ओम बहादुर पुनले जनाएका छन् ।