Indrenionline.com

व्यवसायीहरुलाई करदाता अभिमुखीकरण

दाङ, ७ फागुन । दाङको सिसहनिया उद्योग बाणिज्य संघले आफ्नो क्षेत्रका ब्यापारी तथा व्यवसायीहरुलाई एक दिने करदाता अभिमुखीकरण दिएको छ ।

सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता आन्तरिक कर कार्यालय तुलसीपुरका प्रमुख लिला प्रसाद शर्माको प्रमुख आथित्थ्यतामा सिसहनिया उद्योग बाणिज्य संघका कार्यसमिति एवं साधारण सदस्यहरुलाई करका बारेमा आईपर्ने बिबिध समस्या समाधानका लागि कर कार्यालयका कर विज्ञहरुबाट जानकारी गराइएको थियो ।

कार्यक्रममा नियमीत कर, आकस्मकि कर, अन्त शूलक, राजश्व, ब्यापार कर, मदिरा कर, ब्यवसाय अनुसारको कर, भुलचुक कर, छली कर लगायतका विषयमा जानकारी दिइएको थियो ।