Indrenionline.com

मावि श्रीगाउँका पुर्व विद्यार्थीहरुको मिलन कार्यक्रम

घोराही, ७ फागुन । सिद्ध् पृथ्वी जनता मावि श्रीगाउ दाङका पुर्व विद्यार्थीहरुको मिलन तथा गुरुहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको पुर्व विद्यार्थी तथा भेला कार्यक्रमको संयोजक शंकर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले यो कार्यक्रमले पुर्वविद्यार्थी र शिक्षकहरुको विचमा लामो समयपछि महत्वपुर्ण भेटघाट गराउने अवसर जुटाएको बताएका थिए ।

करिब २७ बर्ष पछि विद्यालयका पुर्व विद्यार्थी र शिक्षकहरुको बिचमा भेटहुदाँ एक अर्कालाई चिन्न पनि गाह्रो भइरहेकोसमयमा यो भेलाले सवै विद्यार्थीहरुको भेटघाट गराउने मात्र नभई उनिहरुको अहिलेको अवस्था र जानकारी लिने दिनेमा पनि धेरै सहयोग पु¥याएको उनीहरुको भनाइ थियो ।

२०४८ को व्याजका विद्यार्थीहरु धेरै प्रगति गरेको वताउदै सिद्ध् पृथ्वी जनता मावि श्रीगाउका पुर्व सहयाकप्राचार्य सुमन थापाले भन्नुभयो,–‘हामीले त्यति बेला गुरु भएर १० कक्षासम्म पढायोंहोला तर आज उहाँहरु कोही सोही विद्यालयको गुरु भएका छन् ।
केही इन्जिनियर, सरकारी कार्यालयको सचिव, उपसचिव, अधिकृत त कोहि सफल व्यवसायी यो प्रगति देख्न पाउदानिकै गौरवको महसुस भएको छ ।’