इन्द्रेणी संवाददाता
दाङ, ४ फागुन । प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले सरकारका राम्रा काम भन्दा नराम्रा कामलाई देखाएर भ्रमको खोती गरिएको बताएका छन् । सरकारले एक वर्षको अवधिमा धेरै राम्रा कामहरु पनि गरेको तर राम्रा कामभन्दा कही कमजोरीहरुलाई पटक पटक दोहो¥याएर जनतामाझ साजी बनाउने दुष्पर्यास भइरहेको आरोप लगाए ।
केही विग मिडियाहरुले सरकारका राम्रा भन्दा नराम्रा कामलाई ठूला ठूला हेडलाइनमा छाप्ने गरेको उल्लेख गर्दै मन्त्री पोखरेलले आशावादी भए मात्रै मुलुक संमृद्धिको बाटोमा अघि बढ्ने भन्दै सरकारले गरेका राम्रा कामलाई पनि वाहिर ल्याउन आग्रह गरे ।
उनले प्रदेश नम्बर ५ का चर्चा गर्दै यो प्रदेशले एक वर्षको अवधिमा प्रदेश संरचनाको फाउन्डेसन बनाइसकेको र आधारभूत कानुन निर्माण प्रक्रियामा अघि जानकारी दिए । उनले ५ नम्बर प्रदेश अन्य प्रदेशभन्दा एक कदम अघि भएको बताए । पार्टी एकीकरणको विषयमा उनले एकीकरण प्रक्रियामा केही विलम्ब भए पनि ५ नम्बर प्रदेशमा करीव करीव अन्तिम भएको बताए । अहिलेको सरकारलाई असफल बनाउन र नेकपालाई एकीकरण हुन नदिन केही प्रतिक्रियावादी सक्तिहरु सलवलाइ रहेको बताए ।
प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रेस सेन्टरका कार्यवहाक अध्यक्ष प्रकाश चौधरीले गरेका थिए भने सहजीकरण सेन्टरका सचिव पाण्डव शर्माले गरेका थिए ।