घोराही, ३ फागुन । लखन दिवसका अबसरमा घोराहीमा सुरु भएको प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको पहिलो खेलमा हापुर युथ क्लबले २—१ गोल अन्तरले बिजयी भएको छ ।
यस्तै बबई मगर एकता क्लबका तर्फबाट दोस्रो हाफमा ३१ मिनेटमा किरण खत्रीले सान्त्वना गोल गरे पनि जित भने गराउन सकेनन् । प्रतियोगिताको दोस्रो दिन भोली बिहान ८ बजे तुलसीपुरको एसएसएफए र पद्मोदय र दिउसो २ बजे मेघा युबा क्लब पहेलो र संगठित युबा क्लबबीच हुने जनाइएको छ ।