इन्द्रेणी संवाददाता
दाङ, १ फागुन । नेपालको गणतन्त्र स्थापनामा दश वर्षे जनयुद्धको महत्वपूर्ण रहेको वक्ताहरुले बताएका छन् ।
तत्कालिन नेकपा माओवादीले थालनी गरेको दश वर्षे जनयुद्धको जगबाटै नेपाली राजनीतिमा उथलपुथल भएको र जनयुद्ध र नेपालमा लोकतान्त्रिक गणतन्त्र चाहाने राजनीतिक दलहरुको सहकार्यमा २०६२÷६३ मा भएको जनाआन्दोलनबाट गणतन्त्र स्थापना भएको वक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा प्रदेश नं. ५ का सचिव जगप्रसाद शर्मा ‘अपार’ ले दश वर्षे महान जनयुद्धको जगमा नेपालमा गणतन्त्रको स्थापना भएको भन्दै लोकतान्त्रिक गणतान्त्रिक नेपालमा जनयुद्ध एउटा कडीको रुपमा रहेको बताए ।
कार्यदलका सदस्य टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले विषय प्रवेश गराएका थिए । सो अवसरमा केन्द्रीय सदस्य नरुलाल चौधरी, नेताहरु सम्भु गौतम, शोभााराम वस्नेत, नरबहादुर अधिकारी, दामा शर्मा, नारायणी शर्मा, मेनका पोख्रेल, शिवकुमार आचार्य, इन्द्रजीत चौधरीलगायतले आफ्ना विचार राखेका थिए ।