दाङ, २८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ सातुकलेमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरको संघीय संसद सदस्य एवं पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले उद्घाटन गरेकी हुन् । शिविरको उद्घाटन गर्दै प्रमुख अतिथी शर्माले आधारभुत स्वास्थ्य नागरिकलाई निशुल्क प्रदान गर्नुपर्ने बताइन् ।
सर्वसाधारणलाई राज्यले नै निशुल्क स्वास्थ्य उपचार गर्ने कुरा मौलिक हकमै ग्यारेन्टी गरेको भन्दै त्यसको कार्यागर्न गर्न यस्ता स्वास्थ्य शिविरले सहयोग गर्ने उल्लेख गरिन् । शिविरमा स्त्री रोग, आँखाको उपचार, दाँत तथा यौन रोगको उपचार तथा परामर्श दिइएको थियो ।