तुलसीपुर, २८ माघ । तुलसीपुर उपमहानगरपालिकाले भित्रि चक्रपथ निर्माण गर्ने भएको छ । ग्रामीण वडाहरुलाई एकिकृत गर्ने गरी चक्रपथ निर्माण गर्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।
वडा नम्वर ७ राजापुरबाट सुुरु हुने भित्री चक्रपथको सडक राप्ती शान्ती उद्यान, मिलनचोक हुँदै गोटीखोलामा पुग्ने उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले वताए ।
इन्जिनियर योगीले चक्रपथको लम्वाइ ५ किलोमिटर रहेको पनि वताउँदै ५ सय मिटर कालोपत्रे भइसकेको समेत जानकारी दिए । उनले सडकको कुल चौडाई ३० मिटेर हुने भएपनि तत्कालका लागि १२ मिटर रहने जानकारी दिए ।
प्रदेश सरकारको ३ करोड लागतमा निर्माण हुने सडकको काम यसै आर्थिक वर्ष भित्र सम्पन्न गरिने शहरी विकास तथा भवन कार्यालय दाङ्गका प्रमुख शरद मानन्धरले वताए ।