दाङ, २२ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवादको विषयलाई छानबिन गर्न दाङबाट प्रतिनिधित्व गर्ने सांसदहरुले माग गरेका छन् ।
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीलाई ज्ञापन पत्र बुझाउँदै सांसदहरुले कर्मचारी र प्रतिष्ठान नेतृत्वको विवादका कारणबारे छानबिन गरेका हुन् ।
दाङबासीको सपनाका रुपमा रहेको प्रतिष्ठान धरासायी बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै सांसदहरुले कर्मचारीहरुले साउन महिनादेखि तलव भत्ता नपाउनु, जागिरबाट निस्कासन हुनुको घटना दुखद् रहेको बताएका छन् ।