Indrenionline.com

निर्माण व्यवसायीका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान

दाङ, १६ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले दाङ निर्माण व्यवसायीका नवनिर्वाचित पदाधिकारीहरु लाई स्वागत सम्मान गरेको छ । कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवम दाङ निर्माण व्यवसायीका अध्यक्ष ईश्वरवहादुर पुनको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा वोल्दै अध्यक्ष पुनले राज्यले सहज निर्माणको वातावरण वनाउनु पर्ने बताए । निर्माण कार्य ढिला हुनुमा व्यवसायिको मात्र नभइ राज्यको कारणले पनि ढिला हुने गरेको उनको भनाइ रहेको छ ।

राज्यको कारणले ढिला भए पनि व्यवसायीहरुले गाली खाने गरेको बताए । सो अवसरमा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वन्जाडे लगायतकाले भनाइ राखेका थिए ।