दाङ, १५ माघ । दाङ जिल्लामा रहेका पूर्व प्रहरीका सन्तानहरुको भेलाले नेपाल पुर्वप्रहरी परिवार युवा संगठन निर्माण गरेका छन ।
नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्यसमिति दाङको संरक्षकत्वमा गठन भएको नेपाल पुर्वप्रहरी परिवार युवा संगठनको अध्यक्षमा रमेश थापा चयन भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा धु्रव केसी, सचिवमा नवीन अभिलाषी, सहसचिवमा विन्दु सुबेदी पाण्डे र कोषाध्यक्षमा ममत विष्ट रहेका छन् । सदस्यहरुमा उर्मिला बस्नेत, उर्मिला पुन, ऋषि पोख्रेल, सुनमाया बस्नेत, पुष्पा पुन र सन्दीप थापा रहेको छन् ।
त्यसैगरी संगठनको सल्लाहकारहरुमा रोबरबहादुर बस्नेत, किरण पोख्रेल, अमृत रावत, निर्मला थापा र उषा सुबेदीलाई चयन गरेको छ ।