शालिकराम मुसाफिर
तुलसीपुर, १३ माघ । बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरणका लागि सचेतना प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका १६ नं. वडामा गठन भएका टोल विकास संस्थाका स्थानीय बाँसीहरुका लागि सञ्चालन गरिएको एक दिने दुर्घटना न्यूनिकरण सम्बन्धि अभिमुकरण कार्यक्रम शनिबार तुलसीपुर १६ मा सम्पन्न भएको छ ।
कार्यक्रममा हेमन्पुर प्रहरी चौकीका इन्चार्ज ओम बहादुर गिरी, अस्थायी ट्राफिक पोष्ट बिजौरीका प्रमुख प्रविण नाथ योगी, ट्राफिक जवान शरद केसीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा चारओटा टोल विकास संस्थाका करीब दुई सय जना स्थानीय बाँसीको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन शालिकराम मुसाफिरले गरेका थिए ।