दाङ, १२ माघ । मजदुर उपभोक्ता सहकारी संस्थाको सातौँ साधारणसभा घोराहीमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी भनेको दैनिक जीवनयापन भएको भन्दै यसले मानिसको जीवनसँगै सामाजिक हैसियत निर्माणमा सहयोग प¥याउने बताए । सरकारले तीन खम्वे अर्थनीतिको रुपमा सहकारीलाई स्वीकार गरिसकेको अबस्थामा सामाजिक परिवर्तन र आयआर्जनका लागि सहकारीले ठुलो भुमिका खेल्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख नारायण बेलवासे, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, साझेदारी बचत तथा ऋण सहकारी सहकारी संस्थाका अध्यक्ष शुशिला आचार्य, जलजला सहकारी संस्थाका अध्यक्ष कृतिमान पुन लगायतले आफ्ना विचार राखेका थिए ।