दाङ, ११ माघ । घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरस्थित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आफ्नो १८ औ बार्षिकोत्सवको अवसरमा शुक्रवार विद्यालयमा प्रथम द्धितीय र तृतीय आउने उत्कृत विद्यार्थीलाई पुरस्कार बितरण गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियको अध्यक्षता तथा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लि. का अध्यक्ष हेमराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।