दाङ, ११ माघ । तुलसीपुरमा आजदेखि ‘मलाई बाच्न देऊ’ अभियान सञ्चालन गरिएको छ । फाउन्डेसन अफ नेपाली सोसाइटीले बिष्णु चलचित्र मन्दिरमा आयोजना गरेको कार्यक्रममा मलाई बाच्न देऊ बाच्न पाउनु हाम्रो मानव अधिकार भन्ने बिषयहरु समेटिएको डकुमेन्ट्री समेत प्रदर्शन गरियो ।
कार्यक्रम सयोजक मानबहादुर बस्नेतको अध्यक्षता एव तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा भएको थियो ।