Indrenionline.com

दुर्घटनामा घाइते पत्रकार घर्ती र भण्डारीलाई राहत

दाङ, ११ माघ । नेपाल पत्रकार महासंघ दाङले कार्यसमिति सदस्य प्रेमविवश घर्ती र साधारण सदस्य अमर क्षितिज भण्डारीलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । दुर्घटनामा घाइते भएका घर्ती र भण्डारीलाई ५÷५ हजार रुपैया राहत प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै पत्रकार विकास डाँगीको आमाको उपचारका लागि १० हजार रुपैया सहयोग गर्ने निर्णय गरेको छ भने पत्रकार डाँगीको आमाको उपचारका लागि आर्थिक अभाव भएका कारण सहयोग गरिदिन सबैलाई आह्वान समेत गरेको छ ।

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघको सस्थागत विकासका लागि विनियोजन गरेको बजेट पत्रकार महासंघको भवनको स्तरोन्नतीका लागि खर्च गर्ने निर्णय गरेको छ ।