घोराही, ५ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा शुरु भएको महायज्ञमा १२ लाख रकम दान संकलन भएको छ ।
महायज्ञमा सर्वाधिक सामुदायिक महिला सेवा केन्द्रले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गरेको छ ।
केन्द्रले महायज्ञको तेस्रो दिन शनिवार सो रकम दान गरेको हो । जसमा सञ्चालक समितिका अध्यक्ष कल्पना न्यौपाने सहित सञ्चालक समिति र कर्मचारीको समूह महायज्ञमा पुगेर रकम दान गरेको थियो । महायज्ञमा तेस्रो दिनको प्रमुख अतिथि सामुदायिक महिला सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने रहेका छन् ।
महायज्ञमा तेस्रो दिनसम्म महायज्ञका निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीले १ लाख ११ हजार १ सय ११ रुपैया, महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगीले योगीले एक लाख १११ हजार १ सय ११ रुपैया, विद्यालयका पूर्व विद्यार्थी एवं जिल्ला न्यायाधिस लिलाराज अधिकारीले १ लाख ११ हजार १ सय ११ रुपैया, विद्यालयका पूर्व शिक्षक घोराही १३ का तोजबहादुर बुढाथोकीले ५५ हजार ५ सय ५५ रुपैया, घोराही उपमहानगरपालिका वडा नम्बर १३ का रविलाल घर्तिले ५१ हजार १ सय ५ रुपैया दान गरे ।
यस्तै महायज्ञका आर्थिक समिति संयोजक भुपाल गिरीले ३१ ह्जार १ सय १५, विद्यालयका प्रधानाध्यापक बाल्मी केसीले ३१ हजार १ सय १५, साजिदा सिद्धिकीले २५ हजार ५ सय ५५, विष्णुप्रसाद भारतिले २५ हजार ५ सय ५५, नेपाल निवृत राष्ट्रसेवक समाज दाङले ११ हजार २५, गोरक्ष रत्ननाथ मावि चौघेराले १५ हजार १ सय ६५ रुपैया दान गरेको आर्थिक समितिका केशव गिरीले जानकारी दिए ।