इन्द्रेणी संवाददाता
दाङ, २ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघका आयोजना तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको मुख्य आयोजनामा माघ १० गतेदेखि २० गतेसम्म दाङको घोराहीमा शुरु हुने ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्टी महोत्सव तथा प्रदर्शनी–२०७५ को तयारीलाई तीब्र पारिएको छ ।
सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक निमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका मणिराम खनाल र नेकपाका सुरामणि वेल्वासेले पनि महोत्सव दाङलाई पोल्ट्री व्यवसायमा अझ सवल र सक्षम बनाउनका लागि कोशेढुंगा सावित हुने भन्दै आफ्ना राजनीतिक दल र व्यक्तिगत रुपमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा समितिका अध्यक्ष बुढाथोकीले महोत्सवको उद्देश्य दाङलाई स्थानीय उत्पादनको बजारिकरण गरी पोल्ट्रीजन्य व्यवसायलाई व्यवसायिकरण गर्दै यस क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने, राष्ट्रिय तथा अन्तराट्रि«य क्षेत्रमा दाङको पोल्ट्रजन्य बस्तुको पहिचान गराउने, यहाँको पोल्ट्री व्यवसायलाई थप प्रवद्र्धन गरेर लैजाने र महोत्सवमा प्रस्तुत हुने विभिन्न झाँकी र संस्कृतिक कार्यक्रमबाट संस्कृतिको संरक्षण गर्दै त्यसको सम्वद्र्धन गर्ने उद्देश्यहरु रहेको जानकारी गराएका थिए ।
‘कुखुरा पालन एवं बजारिकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा पोल्ट्रीजन्य सामग्रीका ८० देखि एक सय स्टल रहने छन् । घाोराहीस्थित कृषि समाग्री कम्पनीको प्रांगनमा माघ २० गतेसम्म सञ्चालन हुने महोत्सवमा यो अवधिभर करीव २ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।