Indrenionline.com

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित

इन्द्रेणी संवाददाता
दाङ, २ माघ । आफ्नो पेसागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका कर्मचारीहरु आन्दोलित भएका छन्। उनीहरुले अस्पतालको स्वास्थ्य सेवा ठप्प पर्ने गरी आफ्ना आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन्।

कर्मचारी संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गरी आज माघ २ गते बुधबार प्रतिष्ठानमा तालाबन्दी, ३ गते इमर्जेन्सी, प्रसुतिबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ। यति गर्दा पनि आफ्ना माग पुरा नभए माघ ४ गतेदेखि देशव्यापी आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ।