Indrenionline.com

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई न्यानो कपडा

इन्द्रेणी संवाददाता
दाङ, २९ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नं. ७ का ७९ जना ज्येष्ठ नागरिक र आपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

फोटो फाइल

वडा कार्यालय सौडियारमा आइतवार एक कार्यक्रमको आयोजना गरी ४५ जना ज्येष्ठ नागरिक र ३४ जना आपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।

चालु आर्थिक बर्षमा वडा कार्यालयले बिनियोजन गरेको एक लाख रुपैयाँबाट ज्येष्ठ नागरिकलाई एक÷एक थान सुईटर र टोपी तथा अपाङ्गता भएका व्यक्तिहरुलाई एक÷एक थान बलाङ्केट बितरण गरिएको थियो ।

जेष्ठ नागरिक र अपाङ्गता भएकालाई चाडोबाट बचाउन लैंगिक समानता तथा सामाजिक समावेसीकरण कार्यक्रम अन्तर्गत उनीँहरुलाई सम्मान गर्दै न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष खोपीराम चौधरीले जानकारी दिए । कार्यक्रम ज्येष्ठ नागरिक समाजका अध्यक्ष अमरराज डाँगीको अध्यक्षतामा भएको थियो ।