इन्द्रेणी संवाददाता
दाङ, २७ पुस । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा माघ १० गतेदेखि घोराहीमा शुरु हुने ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्टी महोत्सव तथा प्रदर्शनी–२०७५ को तयारीलाई तीब्र पारिएको छ ।
त्यसैगरी रोशन खड्काको संयोजकत्वमा भौतिक निर्माण तथा स्टल व्यवस्थापन उपसमिति, सन्तोष गिरीको संयोजकत्वमा टिकट तथा पार्किङ व्यवस्थापन उपसमिति, पोषणनाथ योगीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, प्रेम गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा प्राथमिक उपचार उपसमिति, दिपक आचार्यको संयोजकत्वमा खानेपानी तथा वालउद्यान व्यवस्थापन उपसमिति, रविन घिमिरेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन उपसमिति, समिर केसीको संयोजकत्वमा सुरक्षा तथा स्वयमसेवक परिचालन उपसमिति र प्रकाश पुनको संयोजकत्वमा शोभायात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
त्यस्तै महोत्सव मूल आयोजक समिति सल्लाहकारहरु पनि चयन गरिएको छ । सल्लाहकारहरुमा धुव्रराज श्रेष्ठ ‘भारी’, हेमराज वञ्जाडे, नारायणपूसाद भुसाल, खड्ग बुढाथोकी, टंकसिंह बुढाथोकी, वसन्त जोशी र नरेश कार्की रहेका छन् ।
माथिका गठित उपसमितिमध्ये प्रेम गौतम संयोजक रहेको मञ्च व्यवस्थापन उपसमितिले पूर्णता पाएको छ । जसको सह–संयोजकमा रुद्र शर्मा, सल्लाहकारमा विन्दु दाहाल रहेका छन् भने सदस्यहरुमा सरिता पुन, तारा जिएम, मनिष घर्ती, सरिता बोहरा, उर्मिला वोहरा, मुकेश वली, प्रकाश वली, मनिषा थापा, शुरेस बुढा, शारदा पुन, मिना पुन, संगीता रोका, आचल रोका, दिलमाया रोका, जीवन पुन र कुमारीदिलमाया घर्ती रहेका छन्् । त्यस्तै दिपक शर्मा संयोजक रहेको उपसमितिले पनि पूर्णता पाएको छ । जसको सहसंयोजकमा सुन्दरमणी लामिछाने, सल्लाहकारमा पिताम्बर शर्मा र सदस्यहरुमा चन्द्र विसी, शोभाराम बुढा, लक्ष्मण बुढा, निर्मला शर्मा र निस्मा वली रहेका छन् ।
महोत्सव सफल पार्न गठित यी उपसमितिहरुले तोकिएको आ–आफ्ना जिम्मेवारीमा रहेर महोत्सवको तयारी गरिरहेको सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका उपाध्यक्ष महेन्द्र बुढाथोकीले जानकारी दिए । महोत्सवको तयारीका लागि ५ नम्बर प्रदेशका विभिन्न जिल्लाहरुका सरोकारवाला निकायहरुसँग छलफल गर्ने क्रम जारी रहेको छ ।
‘कुखुरा पालन एवं बजारिकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ घोराहीको कृषि समाग्री कम्पनीको प्रागंनमा सञ्चालन हुने महोत्सव माघ २० गतेसम्म चल्ने छ । महोत्सव अवधिभर करीव २ लाख दर्शकले अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ । महोत्सवमा पोल्ट्री सम्बन्धी ८० देखि एक सय स्टल रहने छन् ।