Indrenionline.com

दाङका स्थानीय तहमा ३३ करोड बेरुजु

दाङ, २३ पुस । दाङका स्थानीय तहमा बढेको छ । यहाँका स्थानीय तहमा गत वर्षको बेरुजु रकम ३३ करोड २४ लाख रुपैयाँ छ। स्थानीय तह स्थापना भएको पहिलो वर्षमा आएका जनप्रतिनिधिले मनलाग्दी जथाभावी खर्च गर्दा बेरुजु बढेको आकलन गरिएको छ।

जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु घोराही उपमहानगरपालिकामा देखिएको छ। उसको प्रारम्भिक बेरुजु रकम २० करोड रुपैयाँ छ।

त्यसैगरी राजपुर गाउँपालिकाको बेरुजु १ करोड ४४ लाख, बंगलाचुली गाउँपालिकाको बेरुजु १ करोड २९ लाख, राप्ती गाउँपालिकाको बेरुजु १ करोड ५३ लाख रहेको छ ।

त्यस्तै लमही नगरपालिकाको बेरुजु ८६ लाख, तुलसीपुर उपमहानगरपालिकाको १ करोड ८६ लाख, बबई गाउँपालिकाको १ करोड, शान्तिनगर गाउँपालिकाको ४ करोड र दंगीशरण गाउँपालिकाको १ करोड २६ लाख रुपैयाँ बेरुजु छ।